जसपा बाबुराम पक्षीय बैठक आज बस्दै

जसपा बाबुराम पक्षीय बैठक आज बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ ०९:२० बजे
baburam bhattarai

 काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष)को केन्द्रीय समितिको विस्तारित बैठक आज  बस्ने भएको छ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा  बैठक बस्न लागेको  हो ।

जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पुरा भएको छ ।

केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकेको छ । बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत  गर्ने भएका छन् । बैठकमा  ती कार्यपत्रमा छलफल हुने  जनाईएको छ ।

जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ ।

यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ । पार्टी एक रहने कि विभाजन हुने विषयमा यी छुट्टा छुट्टै बस्ने बैठकले तय गर्ने बताइएको छ । 

२०७९ असार २८ ०९:२० बजे

प्रतिक्रिया