एक दिवसीय सिरिजको पहिलो खेलमै नेपाल ८४ रनले पराजित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १७:११ बजे

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा युएईसँग नेपाल ८४ रनले पराजित भएको छ । २६४ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्रै जोड्यो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४, अर्जुन साउदले ५१, आशिफ शेखले १२ रन बनाएर आउट हुँदा गुल्सन झा र ललित राजवंशीले अविजित रहँदै क्रमशः १९ र ६ रन बनाए।

युएईका आयन अफ्जल खानले चार, बसील हमीदले दुई तथा अहमद राजा, रोहन मुस्तफा र जहुर खानले समान एक–एक विकेट लिए।

त्यसअघि कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो।

उसका लागि रोहन मुस्तफाले ५३, मोहम्मद वसीमले ४४, भ्रित्य अरविन्दले ४०, अलिसान शराफुले २९, आयन अफ्जल खानले २६, बसील अहमदले १४ रन बनाउँदा अहमद राजाले अविजित रहँदै २७ रन बनाए।

बलिङतर्फ नेपालका गुल्सन झाले दुई तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक–एक विकेट लिए। अब  दोस्रो एक दिवसीय खेल बुधबार  विहान ९ बजे हुनेछ।

२०७९ कात्तिक २८ १७:११ बजे

प्रतिक्रिया