नेप्से २१ अंकले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १५:३७ बजे
सेयर बजार

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से साताको दोस्रो दिन आज सोमबार भने उकालो लागेको छ ।  नेप्से आज २१(२६ अंकले  उकालो लागेको हो । नेप्से आज उकालो लागेसँगे  १९०४.४३ अं विन्दुमा पुगेको छ । यस्तै आज सन्सेटिभ इन्डेक्स समेत ४.५० अंकले .उकालो लागेको छ । 

आज १३ वटै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.७१ प्रतिशतले, होटल तथा टुरिजम २।२७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.२० प्रतिशतले र हाइड्रोपावर २।०७ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले ९.८४ प्रतिशतले कमाएका छन् भने लक्ष्मी इक्यूटी फन्डका लगानीकर्ताहरुले ६.५८ प्रतिशतले गुमाएका छन् । २१ अंकमाथिले बढेको बजारमा आज कुल ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७९ कात्तिक २८ १५:३७ बजे

प्रतिक्रिया