डेब्यू खेलमै अर्जुनको बाँण चल्याे

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १५:३१ बजे
अर्जुन साउँदले

काठमाडौं । त्रिवि  क्रिकेट मैदानमा भएको खेलमा युवा क्रिकेटर अर्जुन साउँदले डेब्यु खेलमै नेपालका लागि अर्धशतकको खेल खेलेका छन् । 

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय खेलमा सोमबारअर्जुन साउँदले अर्धशतक प्रहार गरेका हुन्। प्रारम्भिक ब्याटर साउँदले ७९ बलमा ५१ रन बनाए। उनले पाँच चौका प्रहार गरेका हुन् । 

१९ वर्षीय साउँदले आजै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका हुन्। उनी नेपालका लागि एकदिवसीय क्रिकेट खेल्ने ३६औं खेलाडी हुन्।

उनले तीन महीनाअघि केन्या विरुद्धको खेलबाट टी-२० मा डेब्यू गरेका थिए। तीन वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलका साउँदले ७० रन बनाएका छन्।

एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३२ ओभरमा ११३ रन बनाएको छ। नेपालका पाँच खेलाडी आउट भइसकेका छन्।कैलालीको धनगढीका साउँद सुदूरपश्चिमको टोलीबाट खेल्दै आएका छन्।

 

२०७९ कात्तिक २८ १५:३१ बजे

प्रतिक्रिया