ससुरालीबाट घर फर्कँदै गर्दा भीरबाट लडेर मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १३:५३ बजे
मृत्यु

काठमाडौं ।ओखलढुङ्गामा  एक पुरुषको ससुरालीबाट घर फर्किने क्रममा भिर बाट लडेर ज्यान गएको छ । खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका हुन्।

खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा  भेटिएको   प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 

२०७९ कात्तिक २८ १३:५३ बजे

प्रतिक्रिया