गाडी तोडफोड अघि रविका कार्यकर्ताले गठबन्धनका नेतालाई लोप्पा खुवाएको आरोप  

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १३:३९ बजे
रवि

काठमाडौं । इच्छाकामना गाउँपालिका–४ लेवाटारस्थित मुग्लिङ सडक खण्डमा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र रास्वपाका अध्यक्ष रवि लामिछाने आमने–सामने भएर हात हल्लाउँदै विदा भए । लामिछानेको समूहमा पछाडि रहेको गाडीबाट कार्यकर्ताले गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई लोप्पा खुवाएर जिस्काएपछि दुई पक्षबीच तनाव भएको गठबन्धनका नेताहरूले बताएका छन् । 

नेपाली कांग्रेस चितवनका युवा नेता जितनारायण श्रेष्ठले लामिछानेको प्रचारमा हिँडेको पछिल्लो गाडीका साथीहरूले ‘दुर्व्यवहार’ गरेको र धकेल्ने प्रयास गरेको  आरोप लगाएका छन् । उनले रविका कार्यकर्ताहरूले माघव पदार्थ सेवन गरेक आफुहरुलाई जिस्काएको बताएका छन् ।

लेवाटारमा दुई समूहको बीचमा विवाद हुँदै गर्दा गठबन्धनका एकजना कार्यकर्ता गाडीमा चढेर अगाडीको सिसा फुटाएको भिडियो फुटेज  बाहिरीएको थियो । बा.१४च ७६८४ नम्बरको गाडी तोडफोडमा संलग्न लाई प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेको छ । गाडी तोडफोडमा संलग्नलाई पक्राउ गर्न प्रहरी लागिपरेको चितवनका एसपी नवराज अधिकारीले  बताएका छन् ।

२०७९ कात्तिक २८ १३:३९ बजे

प्रतिक्रिया