कांग्रेसका वागी उम्मेदवार, समर्थक र प्रस्तावक पाँच वर्षका लागि पार्टी सदस्यबाटै निस्कासित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १३:२७ बजे
कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट वागी उम्मेदवारी दिएका उम्मेदवार, समर्थक र प्रस्तावकलाई सदस्यबाटै निस्कासित  गर्न गरी कारबाही गरेको छ । 

कांग्रेस केन्द्रीय अनुशासन समितिले आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थकलाई कारबाही गरेको हो । नेपाली कौग्रेसले पार्टी विभिन्न त्यस्ता नेताहरुलाई कारबाही गरेको हो । 

कारबाही पर्नेमा महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, क्रियाशील सदस्य बाराका धर्मेन्द्रप्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य बाराका रविन्द्रप्रसाद यादव (रोशन), वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवालप्रसाद यादव (शिल्पु) रहेका छन् । उनीहरुलाई पाँच वर्षका लागि सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाइएको कांग्रेसले जनाएको छ । 

२०७९ कात्तिक २८ १३:२७ बजे

प्रतिक्रिया