युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १३:१० बजे
विकेट

 काठमाडौं । युएईसँगको पहिलो एक दिवसीय कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा घरेलु नेपालले टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रनको रन जोड्दे नेपालले २६८ रनको लक्ष पाएको छ । 

युएइका लागि मोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बलको सामना गरेका उनले ७ चौका हाने।पहिलो विकेटका लागि मुहम्मद वसिम र वृत्त अरविन्दले ७५ रनको साझेदारी गरे। वसिमलाई गुल्सन झाले बोल्ड आउट गरे। ओपनर मुहम्मद वसिमले ४४ वृत्त अरविन्दले ४० रन बनाए।

तेस्रो विकेटका लागि वृत्त अरविन्द र कप्तान सीपी रिजवानले ५२ रनको साझेदारी गरे। कप्तान २ रनमा आउट भए। अलिान सराफु २९, अयान अफजल खान २६ र बसिर हमीद १४ रनमा रनआउट भए।

नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट झारे। करण केसीले १० ओभरमा ५९ रन खर्चे। सोमपालले १० ओभरमा ६३ रन खर्चे।

२०७९ कात्तिक २८ १३:१० बजे

प्रतिक्रिया