प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे संसदमा परराष्ट्रमन्त्री खड्काले दिए यस्तो जवाफ

प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे संसदमा परराष्ट्रमन्त्री खड्काले दिए यस्तो जवाफ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १४:२५ बजे
प्रधानसेनापति

 काठामाडौं ।  परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानसेनापति प्रभुराम शर्मा एसिया प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलनमा भाग लिन अस्ट्रेलिया  गएका जनाएका छन् । प्रधानसेनापति इन्डो प्यासिफिक स्ट्राटेजीको कार्यक्रममा सहभागी भएको  भन्ने प्रश्न संसदमा विभिन्न सांसदहरुले   उठाउदै  आएका छन् ।    संसदमा विभिन्न सांसदहरुको  प्रश्नको जवाफ दिने क्रमममा  खड्काले उक्त सम्मलेन एसिया प्यासिफिक क्षेत्रका सेना प्रमुखको  रहेको   बताएका हुन् । 

उनले भने , 'यो रक्षा मन्त्रालयको विषय हो । अमेरिकाले पहिले प्यासिफिक कमान्ड भन्ने गरेको थियो । २०१७ नोभेम्बरमा ट्रम्पले भियतनाममा इन्डो प्यासिफिकको आवधारणामा सार्वजनिक गरेपछि एसियन प्यासिफिक कमान्ड रूपान्तरण गरिएको हो',  प्रधानसेनापति एसिया प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलनमा भाग लिन जानु भएको हो । योभन्दा डिटेल रक्षामा मामिला मैले हेरिरहेको विषय नभएकाले आफूले थाहा पाएको जानकारी गराएको हुँ ।'

अमेरिकाको इन्डो-प्यासिफक कमान्ड र अस्ट्रेलियन डिफेन्स फोर्सको सहआयोजनामा २४ औं वार्षिक सम्मेलन आयोजना गरेको थियो । सम्मेलनको शीर्षक '२४ औं वार्षिक रक्षाप्रमुखहरूको सम्मेलनु भन्ने थियो । सोमबारबाट सुरु भएको तीन दिने वार्षिक सम्मेलनमा नेपालसहित २६ देशका सैनिक अधिकारीहरुको सहभागिता थियो ।

२०७९ साउन १३ १४:२५ बजे

प्रतिक्रिया