मामाको हत्या आरोपमा भान्जा पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ ११:०५ बजे
पक्राउ

काठमाडौं । पाहुना आएका मामाको हत्या आरोपमा  मोरङमा एक जनायुवालाई पक्राउ गरीएको छ । मोरङको उर्लाबारी नगरपालिका ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरीशनिश्चरे नपा ८ का ४२ वर्षीय मामा काजी मोहराको हत्या अरोपमा भान्जा २२ वर्षीय सुजन पाँचकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घरायासी बादविवादको क्रममा २७ कात्तिक साँझ उर्लाबारी ८ घर भएका भान्जा सुजनले मामा काजीलाई  धारिलो हतियार टाउकोमा प्रहारगरि घाइते बनाएका प्रहरीले जनाएको छ । 

उनको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टरमा उपचारका क्रममा २८ कार्तिक बिहान १ बजे मृत्यु भएको थियो  । सुजनलाई इलाका प्रहरी उर्लाबारीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

२०७९ कात्तिक २८ ११:०५ बजे

प्रतिक्रिया