टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई, पाकिस्तान ५ विकेटले पराजित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ १७:३० बजे
टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डलाई

काठमाडौं। टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ। आईतबार अष्ट्रेलियाको मेलवर्नमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंगल्याण्ड उपाधि उचाल्न सफल भएको हाे।

इंग्ल्याण्डका लागि ब्रेन स्ट्राेकले ५२ रनकाे अर्धसतकीय पारि खेले । यस्तै माेइन अलिले १९ रन बनाए। कप्ताान जोश बट्लरले ३ चौका र १ टक्का सहित २६ रन बनाए। यस्तैफिल साल्टले १० तथा ह्यारी ब्रकले २० रन बनाए।

पाकिस्तानका ह्यारिस रउफले २ तथा शादव खान, मोहम्मद वासिम र शासिह साह अफ्रिदीले १–१ विकेट लिए।

त्यसअघि पाकिस्तानले इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पाकिस्तानले १३७ रन मात्रै जोड्न सकेको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा मोहम्मद रिजवानले १५ रन बनाए।

बलिङतर्फ इङ्ग्ल्याण्डका साम करनले सर्वाधिक ३ विकेट लिँदा आदिल रशिद र क्रिस जोर्डनले समान २ तथा बेन स्टोक्सले १ विकेट लिए।


२०७९ कात्तिक २७ १७:३० बजे

प्रतिक्रिया