पाकिस्तानद्धारा इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ १५:३७ बजे

काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ । टी–२० विश्वकपको फाइनल खेल आज लुबर्न क्रिकेट मैदानमा भइरहेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउँदा कप्तान बाबर आजमले ३२, शादब खानले २० तथा मोहम्मद रिजवानले १५ रन बनाए।

बलिङतर्फ इङ्ग्ल्याण्डका साम करनले सर्वाधिक ३ विकेट लिँदा आदिल रशिद र क्रिस जोर्डनले समान २ तथा बेन स्टोक्सले १ विकेट लिए। इङ्ग्ल्याण्ड केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

२०७९ कात्तिक २७ १५:३७ बजे

प्रतिक्रिया