पहिलो पटक विश्वकप आयोजना गर्दै नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ १२:३९ बजे
विश्वकप

काठमाडौं । अहिले सम्म कुनै पनि विश्व स्तरको खेलको आयोजना नगरेको नेपालले २०२७ मा हुने यु-१९महिला विश्वकपको सह आयोजकको भुमिका निर्वाह गर्ने भएको छ । यो सँग नेपालले पहिलो पटक आइसीसी विश्वकप क्रिकेट आयोजना गर्ने भएको

आइसीसीले सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको सहआयोजक राष्ट्रको रूपमा नेपाललाई राखेको छ। उक्त विश्वकप संयुक्त रूपमा बांग्लादेश र नेपालले आयोजना गर्नेछन्।

आइसीसी बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आइसीसी यू-१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो।

२०७९ कात्तिक २७ १२:३९ बजे

प्रतिक्रिया