जनताका मौलिक हक कुण्ठित नगर्न चेतावनी सहित गिरफ्तार कार्यकर्तालाई रिहा गर्न माग

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ ०७:०७ बजे
गिरफ्तार कार्यकर्तालाई रिहा गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले गिरफ्तार गरेका आफ्ना कार्यकर्ताहरूलाई रिहा गर्न माग गरेको छ । २०७९।७।२६ गते  आसन्न मंसिर ४ को निर्वाचन बहिष्कार अभियानको कार्यक्रमको क्रममा  कञ्चनपुर जिल्ला दोधारा चाँदनी नगरपालिका बाट नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य हरि सुवेदी , जिल्ला सेक्रेटरी निरज , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश अध्यक्ष बिष्णु नेपाली,  जय बहादुर रोकाय र नेकपा (बहुमत) का जिल्ला कार्यालय सचिव तथा युवा जन स्वयंसेवक केन्द्रीय सदस्य दिपेन्द्र ऐरी,  युवा जनस्वयमसेवक जिल्ला सदस्य  सुरज मल्ल लाइ नेपाल प्रहरीले शान्तिपूर्णरूपमा राजनीतिक कार्यक्रम गरि रहेको अवस्थामा गिरफ्तार गरेको घटना प्रति नेकपा(क्रान्तिकारी माओवादी)ले  विज्ञप्ति निकाली गम्भीर आपत्ति जनाएको छ । 

विज्ञप्तिमा  भनिएको छ (शान्तिपूर्ण रुपमा निर्वाचन बहिष्कार कार्यक्रम गर्ने सिलसिलामा विचार अभिव्यक्त गर्न ,भेला सभा गर्ने  पाउने  मौलिक हक को व्यवस्था संविधानले गरेकोमा जनताका मौलि कहक लाई कुण्ठित गरि कायरतापुर्ण तरिकाले गरिएको गिरफ्तारी प्रति निन्दा र भत्सर्ना गर्दै गिरफ्तार व्यक्तिहरूको अविलम्ब बिना सर्त रिहा गर्न माग गर्दै  नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश समिति सेक्रेटी चिन्तकले एक विज्ञप्ति जारी गरेका छन । 

२०७९ कात्तिक २७ ०७:०७ बजे

प्रतिक्रिया