इरानमा एक हप्तामा ३२ जनालाई मृत्युदण्ड-अधिकांश महिला श्रीमानको हत्यामा मुछिएका

इरानमा एक हप्तामा ३२ जनालाई मृत्युदण्ड-अधिकांश महिला श्रीमानको हत्यामा मुछिएका

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १४:१४ बजे
मृत्युदण्ड

 काठमाडौं । इरान एक  कडा कानुन  भएको देश  हो  । इरान  गएको एक हप्तामा मात्रै  ३२ जनालाई  मुत्यृ दण्ड दिइएको छ । इरानको एक मानव अधिकार समूहका अनुसार गत हप्ता मात्र इरानमा ३२ जनालाई मृत्युदण्ड दिइएको  हो ।  मृत्यु दण्ड दिएकाहरुमध्ये बुधबार तीन महिलालाई मृत्युदण्ड दिइएको , जसमध्ये एक महिलाको बालविवाह  गरेको आरोपमा  मृत्यु  दण्ड दिएको जनाएको  छ । 

सोहेला अब्दीको १५ वर्षको उमेरमा विवाह भएको मानवअधिकार समूहले जनाएको छ । उनले १० वर्षपछि श्रीमानको हत्या गरिन् । अदालतले महिलालाई मृत्युदण्डको सजाय सुनाउँदै यो पारिवारिक कलहभन्दा माथिको विषय भएको बताएको छ ।

एम्नेस्टी इन्टरनेशनलले यो वर्ष इरानमा ठूलो मात्रामा मृत्युदण्डको सजाय पारित भएको  जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय दोब्बर भएको छ ।

अन्य देशहरूमा भन्दा इरानमा धेरै महिलाहरूलाई मृत्यु दण्ड दिइने  गरिएको छ । यीमध्ये अधिकांश महिलाहरू आफ्ना श्रीमानको हत्यामा दोषी ठहरिएका  जनाइएको छ । 

महिलामाथि हुने घरेलु हिंसाले यस्ता हत्या हुने गरेको मानव अधिकार समूहको भनाइ छ। तर, इरानको अदालतले भने यसमा ध्यान दिएको देखिंदैन।

२०७९ साउन १३ १४:१४ बजे

प्रतिक्रिया