टी–२० विश्व कप : उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ ०६:४२ बजे
टी–२० विश्व कप

काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान  भिड्ने भएका छन्।  खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो । खेल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा हुन लागेको हो । 

इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी  बनाउने छ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । 

पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । पछिल्लो समय पाकिस्तान र इङ्ल्यान्डबीच सात वटा अन्तर्राष्ट्रिय टी–२० खेल भएकोमा इङ्ल्यान्डले ४ र पाकिस्तानले ३ वटा जितेको छ । मेलबर्नमा आज वर्षाको सम्भावना छ ।

२०७९ कात्तिक २७ ०६:४२ बजे

प्रतिक्रिया