न्युक्यासलसँग चेल्सी पराजित, म्यानचेस्टर सिटीलाई ब्रेन्टफोर्डले हरायो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ ०५:४९ बजे
चेल्सी पराजित

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ ।  न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको हो । सेन्ट जेम्स पार्क स्टेडियममा चेल्सी घरेलु टोली न्युक्यासलसँग १-० गोलअन्तरले  पराजित भएको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा न्युक्यासललाई जित दिलाउन जोए विललकले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा मिगुएल अलमिरोनको पासमा गोल गरेका थिए।

अर्को खेलमा म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटी १-२ गोलले पराजित भएको हो। ब्रेन्टफोर्डको जितमा इभान टोनीले दोहोरो गोल गरे। उनले खेलको १६ औं मिनेट र इन्ज्युरी समयमा गोल गरे। यता सिटीका लागि फिल फोडेनले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्काएका थिए।

योसँगै म्यानचेस्टर सिटी ३२ अंक जोडेर दोस्रो स्थानमा छ भने ३० अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा रहँदा लिगका पछिल्ला तीन खेलमा पराजय ब्यहोरेको चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ

२०७९ कात्तिक २७ ०५:४९ बजे

प्रतिक्रिया