तीन तहका अस्थायी करार कर्मचारीलाई नहटाउन सरकालाई एमालेको आग्रह

तीन तहका अस्थायी करार कर्मचारीलाई नहटाउन सरकालाई एमालेको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १३:५९ बजे
एमाले

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमाले स्थानिय  तहको निर्वाचनको  समयमा स्थानिय  तहका खटिएका  कर्मचारीहरुलाई  नहटाउन सरकारलाई आग्रह गरेको छ ।  एमाले एक विज्ञप्ती जारी  गर्दै सरकालाई  यस्तो अनुरोध गरेको हो ।  

एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मारीलाई विधि प्रक्रियाविपरित हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको छ । नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको कुराप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको  जारी विज्ञप्ती उल्लेख गरीएको छ ।  

एमालेले सरकाले  यस्ता कर्मचारीहरुको सरकारले बर्खास्ती गर्ने  लागेको भन्दै  सरकारको ध्यानकर्षण गर्दै  आएको छ । 

२०७९ साउन १३ १३:५९ बजे

प्रतिक्रिया