ओलीको कडा टिप्पणी : स्यालहरूले ठाडो घाँटी लगाएर हुँ–हुँ गर्दै एमाले कब्जा गरे

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ १४:१७ बजे
ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको कारणले नेकपा फुटेको बताएका छन् ।  

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको बताएका छन् । उनले कार्यक्रममा भने एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत बताए। 

उनले भने , ‘एउटा नियम के छ भने एउटा स्याल एकठाउँमा करायो भने जहाँसुकै भएपनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन्। एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ,’। नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो। उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थालेको ओलीले बताएका छन् । 

आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन दाउमा लागेकाहरुले  पार्टी विभाजन गरेको ओलीको आरोप रहेको छ । 

उनले भने , 'मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आद्यन्दोलनलाई बलिाये बनाउने अभियान थालेको छु। सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं, त्यो घोषणापत्र चुनावपछि सोृही नीति अनुसारको बनाएर कार्यक्रम लागु गर्छौं भनेर तालमेल गर्यौं ।  दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो। तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकुल, कम्फर्टेबल वाला।’

२०७९ कात्तिक २५ १४:१७ बजे

प्रतिक्रिया