एमाले गरिबको पार्टी हो, अरूकाे जस्तो पैसा छैन : ओली

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ १३:३२ बजे
ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग अरु पार्टीहरु जस्तो भ्रष्टाचार गरेको पैसा नभएको बताएका छन् । उनले एमाले गरीब मानिसहरुको पार्टी भएको भन्दै यस्तो बताएका हुन् ।

धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अरु पार्टीले जस्तो भ्रष्टाचार गरेर र लुटेर ल्याएको पैसा  एमालेसँग नभएको बताएका हुन् ।

एमाले पार्टीले कार्यकर्तालाई माया गर्छ । तर, पैसा हामीसँग छैन । त्यो कुरा थाहा पाउनुपर्छ । अरुसँग पैसा होला कार्यकर्तालाई बाँड्ला । हामी देश बनाउँछौँ । त्यसकारण पैसा छैन । हामीले कहाँ लुटेका छौँ र ? कहाँ कमिसन खाएका छौँ र ?कहाँ भ्रष्टाचार गरेका छौँ र? त्यसकारण हामीसँग कम छ ,'ओलीले भने । 

२०७९ कात्तिक २५ १३:३२ बजे

प्रतिक्रिया