नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा भुक्तानी लिने चार जना पक्राउ

नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा भुक्तानी लिने चार जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १३:४९ बजे
चार जना पक्राउ

काठमाडौं । नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा भुक्तानी लिएको  अभियोगमा  चार जना  पक्राउ परेको 

 छन्  ।  गत वर्षको बैशाख २ गते राति ११ बजे बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको मोटरसाइकल दुर्घटना भयो । जिल्लाको बैजनाथ गाउँपालिका( ६ ललितपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनी बसले ठक्कर दिएको थियो ।बाटोमा लडेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारी कोहलपुर अस्पताल  लगेका थिए  तर उनको  अस्पतालमा  मृत्यु 

 भएको हो । मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीमाथि सवारी ज्यान मुद्दा जिल्ला अदालत बाँकेमा दर्ता भयो । अदालतले क्षेत्रीलाई ३० दिन कैद र २ हजार रूपैयाँ जरीबानाको फैसला सुनायो ।

अदालतले मामूली सजायमा आरोपीलाई उन्मुक्ति दिए पनि यो दुर्घटना कुनै भवितव्य नभएर योजनाबद्ध भएको अनुसन्धनबाट खुल्न आएको छ । नेपाल प्रहरीको अनुसन्धानका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएकोखुल्न  आएको हो ।

विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करो ५० लाख रूपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन् । भुक्तानीपछि गत पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शंकास्पद भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । सोही आधारमा ब्यूरोले गरेको अनुसन्धानबाट उक्त दुर्घटना षड्यन्त्रपूर्ण रहेको ठहर भएको हो । प्रहरीले यस घटनामा संलग्न सपनासहित चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए । सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको छ । विवाहभन्दा अगावै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए ।

यस घटनाका मुख्य योजनाकारमा प्रहरीले सञ्जिव अर्याललाई ठहर्‍याएको छ । बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखभध्ये सञ्जिवले ८० लाख रुपैयाँ लिएको खुलेको छ । यसैगरि, सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख दिएर सपनाले ८६ लाख ८९ हजार रूपैयाँ आफूले राखेकी थिइन् ।

प्रहरीका अनुसार पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क ५ लाख ४० हजार रुपैया तिर्नसक्ने क्षमता विकको थिएन । केवाईसीमा उनको वार्षिक आम्दानी २ लाख रूपैयाँ मात्र भएको स्वस्घोषणा भएको छ । वार्षिक आम्दानीको अधिकतम ४० प्रतिशत मात्रै बीमा गर्न सकिने प्रावधान नाघेर विकको बिमा गराइएको पाइएको छ । मृतकको प्राथमिक बिमा शूल्क ५ लाख ४० हजार सञ्जिवले नै तिरिदिएका थिए ।

यसैगरी, श्रीमान्श्री(मती भनिएका मृतक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीले जनाएको छ । बीमा गराउने सञ्जिब र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाडको समयसम्म निरन्तर सम्पर्क देखिन्छ । दुर्घटनामा बीमा अभिकर्ता सरदार अहमद खाँको मोटरसाइकल प्रयोग भएको छ । यसैगरी, घटनाको दिन सञ्जीव अर्यालतको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको छ ।


आरती भनिने ललिताकुमारी सापकोटाले सपना र सञ्जीवको भेट गराइदिएको तथा सपनालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने कुरा भएको प्रहरी जनाएको  ।  २०७७ सालमा सपना सीप सिक्न काठमाडौं आएकी थिइन् । सोही वर्ष फागुन २८ गते विक र सपनाको विवाह दर्ता गर्न खोजिएकोमा मृतकको उमेर नपुगेका कारण रोकिएको थियो । त्यही नै बेला सपना र बिकको पहिलो भेट भएको थियो । विवाह दर्ता पछि उनीहरूको भेट नै नभएको पाइएको छ । उनी विकको दाहसंस्कारमा समेत उपस्थित  रहेकी प्रहरीले जनाएको छ । 

प्रहरीले गत साउन ९ गते सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो यसैगरी बाँकेको कोहलपुर घर भएका सञ्जिव अर्याल, सोही स्थानमा सरदार अहमद खाँ र टोपबहादुर राना क्षेत्री पनि पक्राउ गरेको  प्रहरी जनाएको छ ।  

२०७९ साउन १३ १३:४९ बजे

प्रतिक्रिया