बसको ठक्‍करबाट जुम्लामा एक बालकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ०६:५९ बजे
मृत्यु

काठमाडौं । जुम्लामा बसको ठक्‍करबाट एक  बालकको ज्यान गएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको  बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर  दिदा बच्चाको मृत्यू भएको हो । 

तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताएका छन् । 

दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो ।  बस र चालक प्रहरीको नियन्त्रणमा छ। 

२०७९ कात्तिक २५ ०६:५९ बजे

प्रतिक्रिया