फिफा विश्वकप फुटबलका लागि पोल्याण्डको टिम घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ०६:३३ बजे
फिफा विश्वकप फुटबल

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोल्याण्डले टिम घोषणा गरेको छ ।

पोल्याण्डले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।पोल्याण्डले घोषणा गरेको टोलीमा रोबर्टो लेवान्डीस्की अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट शुरू हुनेछ ।

विश्वकपमा पोल्याण्ड समूह 'सी' मा रहेको छ । यस समूहमा अर्जेन्टिना, मेक्सिको र साउदी अरेबिया रहेको छ ।पोल्याण्डले नोभेम्बर २२ मा मेक्सिकोविरुद्ध खेल्दै विश्वकपको शुरूआत गर्नेछ ।

२०७९ कात्तिक २५ ०६:३३ बजे

प्रतिक्रिया