प्रधानमन्त्री कप : मधेशलाई हराउदै एपिएफ फाइनलमा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १४:१९ बजे
प्रधानमन्त्री कप क्रिकेट

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको  एपिएफले फाइनलमा प्रवेश गरेको छ ।  

मधेश प्रदेशलाई ७ विकेटले हराउदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । जितका लागि १२३ रनको सामान्य लक्ष्य एपिएफले  २१.३ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।

जसमा लोकेश बमले ३५  , प्रदीप ऐरीले ३३,आसिफ शेखले २५, सुमित महर्जनले १३ रन बनाएका हुन् । मधेशका लागि रुपेश सिंहले २, राजेश यादवले १ विकेट लिए ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको मधेश ३१ ओभरमा १२२ रनमा अलआउट भयो ।उसका रुपेश सिंहले ३६ ,सन्तोस कार्कीले २०,इमरान शेखले १६,अनिल शाहले १३,मोहम्मद आदिल आलमले ११, राजेश यादवले १० रन बनाए ।

एपिएफका कमलसिंह ऐरीले ४,मौसम ढकाल र भुवन कार्कीले २\२,किशोर महतोले १ विकेट हात पारे । एपिएफले उपाधिका लागि शनिबार आर्मी र पुलिसमध्ये एक टोलीसंग खेल्नेछ ।

२०७९ कात्तिक २४ १४:१९ बजे

प्रतिक्रिया