एसपीपी अघि नबढाउने पत्र सरकारले अमेरिकालाई पठायो

एसपीपी अघि नबढाउने पत्र सरकारले अमेरिकालाई पठायो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १३:२८ बजे
एसपीपी

काठमाडौं। सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता अघि नबढाउने निणर्यको लिखित जानकारी अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।

मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निणर्य गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो ।

शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निणर्य गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’

पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उनले भने, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए ।

२०७९ साउन १३ १३:२८ बजे

प्रतिक्रिया