काठमाडौंको रत्नपार्कमा चुनाव बहिष्कार विरोध सभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २३ २०:१९ बजे
चुनाव बहिष्कार विरोध सभा

काठमाडौं । विभिन्न ४ कम्युनिस्ट पार्टीहरूले आगामी मंसिरमा हुने निर्वाचन को विरोध (अवज्ञा) कार्यक्रम गरेका छन् । नेकपा (मशाल) ,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (वहुमत)र माओवादी कम्युनिष्ट पार्टी समेत ४ क्रान्तिकारी पार्टीको आयोजनामा  काठमाडौंको रत्नपार्कमा निर्वाचन बहिष्कार सभा सम्पन्न भएको हो । 

विरोध सभा 'संयुक्त आन्दोलन जिन्दावाद', 'दलाल सत्ता मुर्दावाद', 'राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ', 'सबै खाले साम्राज्यवाद विस्तार वाद मुर्दावाद' , 'अकासिँदो महँगी नियन्त्रण गर', 'राष्ट्रघातीहरू होसियार' र दलाल पुँजीवादी अन्त्य गरौँ लगायतका नाराका साथा  विरोध सभा सम्पन्न भएको हो । 

विरोध सभा कार्यक्रमको सञ्चालन उपत्यका  नेकपा बहुमतका ब्युरो इन्चार्जले गरेका हुन् । कार्यक्रमको सभापतित्व नेकपा क्रान्तिकारी माओवादीका प्रदेश न ३ का प्रदेश इन्चार्ज चन्द्रहरी सुवेदी (अटल)ले गरेका हुन् । कार्यक्रममा विभिन्न ४ वटा पार्टीका शीर्ष नेताहरू सहभागि रहेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादीका) महासचिव  मोहन वैद्य,  नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला  नेकपा मशालका महासचिव सन्त बहादुर नेपाली , माअाेवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किराती र माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आर्यन पाल लगायतका नेताहरूले सम्वोधन गर्नु भएको थियो। वष्हिकार सभामा विशाल जनसहभागीता रहेको थियो ।


२०७९ कात्तिक २३ २०:१९ बजे

प्रतिक्रिया