भ्रममा नपर्न नेकपा (मशाल) को अपिल

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ २०:१० बजे
नेकपा (मशाल)

काठमाडौं ।  विभिन्न सामाजिक सञ्जालमा नेकपा (मशाल)विघटित राजमो समन्वय समिति को नाम जोडेर नेकपा (एमाले) सँग मंसिर ४ गतेको निर्वाचनमा तालमेल वा उमेदवारलाई सहयोग गर्ने भन्ने भ्रामक समाचार प्रकाशन भएकाले त्यस समाचारप्रति  नेकपा (मशाल) को ध्यान आकर्षण भएको छ  ।

पार्टीको गत आश्विनमा सम्पन्न विशेष महाधिवेशनले आगामी मंसिर ४ गतेको निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने निर्णय अनुसार  पार्टी देशव्यापी रूपमा निर्वाचनको बहिष्कारको प्रचार प्रसारमा लागिरहेको तर केही सामाजिक सञ्जाल वा अनलाइनले नेकपा (मशाल) को विशेष महाधिवेशनको समाचार सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनको फोटो राखेर बाग्लुङमा “राजमो विद्रोही समुहले एमालेलाई निर्वाचनमा सहयोग गर्ने भन्ने व्याख्या गरेर भ्रमपूर्ण समाचार छापेकोमा त्यो समाचार प्रकाशन गर्ने अनलाइन प्रति खेद प्रकट गर्न चाहन्छौँ भनी विज्ञप्तिमा निकालेको छ । 

बागलुङ जिल्लाको पश्चिममा तिलक पुनको नेतृत्वमा “राजमो विद्रोही समुहले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर  चुनाव लडेका  थियो । नेकपा (मशाल) को विशेष महाधिवेशनले अहिले वैधानिक मोर्चाको आवश्यकता नरहेको बताएको र देशभरका सबै तहका राजमो समन्वय समितिको विघटन गरेको वक्तव्य सार्वजनिक गरिसकेको छ । त्यो अवस्थामा तिलक पुनको समुह र एमालेसँग जोडेर विघटित राजमो समन्वय समिति र  पार्टीलाई बदनाम गराउन आगामी निर्वाचनमा नेकपा (मशाल) ले (एमाले) लाई सहयोग गर्ने समाचार झुठोभ्रमपूर्ण हो । सम्पूर्ण कार्यकर्ता र आम जनता उक्त झुठो समाचारको भ्रममा नपर्नु र  आगामी मंसिर ४ को निर्वाचन बहिष्कारको कार्यक्रम सफल पार्न आम जनसमुदायसँग अपिल गर्दछौँ भनि आज मिति २०७९।७।२२ गते पार्टी प्रवक्ता राम रामबहादुर बुढाले  एक विज्ञप्ति प्रकाशित गर्दै जनाएका छन् । 

२०७९ कात्तिक २२ २०:१० बजे

प्रतिक्रिया