सेयर बजारमा सामान्य गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ १५:२७ बजे
सेयर बजार

काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन  भने सामानय अंकले ओरालो लागेको छ ।मंगलबार २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा  पुगेको छ ।  कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको भएको छ ।

 वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियाली देखियो । अन्य सबै उपसमूहको मूल्य ओरालो लागेको छ । 

२०७९ कात्तिक २२ १५:२७ बजे

प्रतिक्रिया