पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि थापा सहायक प्रशिक्षक नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ १३:०४ बजे
नरेश थापा

काठमाडौं । नरेश थापा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।  कार्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा नेपालले मैत्रीपूर्ण खेल खेल्ने छ । 

उक्त खेलका लागि एन्फाले थापालाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा कम्प्लेक्समा मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । दशरथ रंगशालामा खेल साँझ सुरु हुने छ । 

२०७९ कात्तिक २२ १३:०४ बजे

प्रतिक्रिया