नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनले लिए सन्यास

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ १२:५९ बजे
स्टेफन

काठमाडौं । नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफन माइबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । नेदरल्यान्ड्सका लागि आईसीसी टी–ट्वान्टी विश्वकप खेलेका स्टेफनले प्रतियोगितापछि सन्यास घोषणा गरेका छन् ।

उनले अब परिवारसँग समय बिताउनका लागि आफूले सन्यास लिएको बताए । ३८ वर्षीय स्टेफनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले २२ एकदिवसीय र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । प्रिटोरियामा जन्मिएका उनले सन् २००६ मा आफ्नो क्रिकेट करियर सुरु गरेका थिए । एजेन्सी 

२०७९ कात्तिक २२ १२:५९ बजे

प्रतिक्रिया