सुनको मूल्य तोलामा तीन सय रूपैयाँ घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ ११:५२ बजे
सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा तोलको तीन सय रूपैयाँ गिरावट आएको छ। सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।

२०७९ कात्तिक २२ ११:५२ बजे

प्रतिक्रिया