श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ ०९:०४ बजे
arrest

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५  मा  श्रीमानको हत्या आरोपमा  उनकै श्रीमती सहित दुई जना पक्राउ परेका छन् । ५७ वर्षीय सुब्बा कामीको हत्या आरोपमा उनकै श्रीमती ५५ वर्षीया बुदमाया तामाङ र छिमेकी ५३ वर्षीय ङिमा तामाङलाई पक्राउ गरीएको हो ।

डीएसपी सुनीलजंग शाहका  अनुसार सदरमुकाम सल्लेरीस्थित जैदु गाउँका कामीको हत्या आरोपमा उनीहरूलाई पक्राउपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु  गरीएको छ । राति मादक पदार्थ सेवन गरी सुतेका पति–पत्नीमध्ये बिहान पति मृत भेटिएपछि हत्या आशंकामा पत्नील पक्राउ परेपछि यस्तो खुल्न  आएको प्रहरीले   जनाएको छ । 

अघिल्लो दिन साँझ छिमेकी तामाङ पनि मृतकको घरमा डोको बुनेको पैसा लिन गएको र मृतकले पैसा नदिएपछि झगडा गरेर सुब्बालाई दाउरा र हँसियाले प्रहार गरेर हत्या गरेको सुरुवाती बयानबाट खुलेको  छ ।

२०७९ असार २८ ०९:०४ बजे

प्रतिक्रिया