'डडेल्धुरामा राणा शासन छ -मलाई बचाउ '

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २१ २०:०० बजे
सागर ढकाल

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवार दिएका सागर ढकालले आफूलाई जोगाइदिन भन्दै हारगुहार गरेका छन्  । सोमबार समाजिक सञ्जाल फेसबुकमा मार्फत आफूलाई  चुनाव प्रचारप्रसारमा माइकिङ गर्न रोक लगाएको भन्दै जनतामा गुहार गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् , ‘मलाई जोगाइदिनुहोस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’

उनले आफूलाई प्रचार प्रसार गर्न रोके पछि डडेल्धुरामा राणा शासन रहेको बताएका छन् । उनले डडेलधुरामा राणाशासक रहेको बताउँदै यसको लागि डडेल्धुरावासी जाग्नु आवश्यक रहेको  बताएका छन् । उनले आफूलाई माइकिङ गर्न रोक्नुको काराण  माईको आवाज देखी डराएको  बताएका छन् । आफूले हेलिकप्टर चढ्दा आवाज नआउने तर माइकिङ आवाज आउने भन्दै प्रश्न समेत गरेका छन् । 

२०७९ कात्तिक २१ २०:०० बजे

प्रतिक्रिया