आज सुन सँगै चाँदीको मुल्य पनि लाग्यो ओरालो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २१ ११:३१ बजे
सुनको मुल्य

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यमा ओरालो लागेको छ । हिजो प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेको हो । आज चाँदीको मुल्य ओरालो लागेसँगै १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

२०७९ कात्तिक २१ ११:३१ बजे

प्रतिक्रिया