'निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा '

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २१ १०:१२ बजे
टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले आगमी निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा हुने बताएका छन् । सोमबार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पत्रकारहरूसँग कुरा गर्दै रायमाझीले गठबन्धन  चुनाव पछि टुक्रा टुक्रा हुने बताएका हुन् । 

 उनले गठबन्धनमा भावी प्रधानमन्त्री को बन्ने भन्नेदेखि ‘पावर शेयरिङ’का विषयमा समेत समस्या रहेको बताएका छन् । 

‘एउटा पार्टी मिलाउन त समस्या छ, गठबन्धनमा झन् समस्या छ,’ रायमाझीले भने, ‘चुनावपछि गठबन्धन टुक्रा–टुक्रा हुन्छ, गठबन्धनमा रहेका पार्टी पनि टुक्रा–टुक्रा हुन्छन्।’चुनावपछि देशको राजनीतिक ध्रुवीकरण दुई दलीयतिर जाने रायमाझीले बताए।

२०७९ कात्तिक २१ १०:१२ बजे

प्रतिक्रिया