४ वर्षे बालकको बाल्टिनको पानीमा डुबेर मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० १३:४५ बजे

काठमाडौं । काठमाडौं महानगरपालिका–९, गौशालामा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  बाँके बैजनाथ–३ घर भई तुलसी गेष्ट हाउसमा बस्ने ३० वर्षीय राजबहादुर चौधरीका ४ वर्षीय छोरा आरोज चौधरीको  मृत्यु भएको हो । 

चौधरी हिजो दिउँसो उक्त गेष्ट हाउसको छतमा पानी भरेर राखेको बाल्टिनमा डुबेका थिए । डुबेर गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । 

२०७९ कात्तिक २० १३:४५ बजे

प्रतिक्रिया