निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रवक्ता महत

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० ११:५५ बजे
डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनपछि कांग्रेसको सरकार बन्ने बताएका छन् । आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन पछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन ।

यता सत्ता गठबन्धनमा निर्वाचन पछि को प्रधानमन्त्री बन्ने भन्ने सहमति र बहस भने भएको छैन् ।उनले यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो समानुपातिक मत बढाउने र सरकार बनाउने बताएका छन् ।

त्यसैगरी उनले यो निर्वाचन सबैका लागि कोसेढुंगा सावित हुने समेत बताए । विभिन्न रुपमा संविधानको मुल मर्ममाथि प्रहार हुन थाल्यो संविधानको रक्षा गर्नु पनि हाम्रो दायित्व भएको र त्यही अनुरुप गठबन्धन बनेको बताएका छन् ।

२०७९ कात्तिक २० ११:५५ बजे

प्रतिक्रिया