अछाममा ७ कैदीले मतदान गर्न पाउने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० ११:४५ बजे
मतदान

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा अछाम कारागारका ७ जना कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्था गरेको छ ।  अछाम कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

अछाम जिल्ला कारागार मंगलसेनमा रहेका ८२ पुरुष र ४ महिलामध्ये आसन्न निर्वाचनमा १ महिला र ६ पुरुषगरी ७ कैदीबन्दी मतदान गर्न पाउने भएका हुन् । कैदीबन्दीले मतदान गर्ने अधिकार दिए पनि नामावली बनाउने समय नपाएको गुनासो गरेका छन् ।

२०७९ कात्तिक २० ११:४५ बजे

प्रतिक्रिया