नेपाली बजारमा आज १४ सयले उकालो लाग्यो सुनको मुल्य

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० ११:३७ बजे
सुनको मुल्य

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा पहेलो धातु सुनको मुल्य उकालो लागेको छ । आइतबार सुनको मूल्य १४ सय रूपैयाँले उकालो लागेको हो।  आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। शुक्रबार यसको मूल्य १ हजार २२५ रुपैयाँ  रहेको महासंघले जनाएको छ । 

२०७९ कात्तिक २० ११:३७ बजे

प्रतिक्रिया