बलात्कार आरोपमा क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियाको सिड्नीबाट पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० ११:१३ बजे
क्रिकेटर दानुष्का गुणातिलके

काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ परेका छन् । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलकेलाई अष्ट्रेलियाको सिड्नीबाट पक्राउ गरिएको हो ।

क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमार्फत गुणातिलके बलात्कार आरोपमा सिड्नीबाट पक्राउ  गरेको जनाएको छ । यसबारे एक विज्ञप्ति जारी गर्दै सिड्नी प्रहरीले एक महिलासँग कथित यौन दुराचारको आरोपमा श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ।

कसैको नाम नखुलेको र चारवटा बलात्कार मुद्दामा पक्राउ परेको विज्ञप्तीमा उल्लेख गरीएको छ । यी महिला विगत केही दिनदेखि अनलाइन डेटिङ एपमार्फत आरोपीसँग कुरा गरिरहेकी थिइन् । त्यसपछि दुवैको भेट भएको थियो । उक्त घटना आफूमाथि भएको महिलाले आरोप लगाएकी प्रहरीले जनाएको छ । 

२०७९ कात्तिक २० ११:१३ बजे

प्रतिक्रिया