निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय : गृह मन्त्रालय

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १९ १३:२३ बजे
गृह मन्त्रालय

काठमाडौं । आगामि मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले  २३ वटा समुह निर्वाचन बिथोल्ने गरेर लागेको  बताएका छन् ।

निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय रहेका उनले बताएका छन् । समुह विभिन्न साना ठुला गरी रहेको बताएका छन् । 

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न उनले जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए ।

निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उनको भनाई रहेको छ । 

२०७९ कात्तिक १९ १३:२३ बजे

प्रतिक्रिया