झुलाघाटमा पक्की पुल बन्छ-ओली

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १६:४२ बजे
अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सिमाना जोडिएको झुलाघाट नाकामा पक्की पुल बनाउने जिम्मा आफु लिने बताएका छन् ।

शुक्रबार जिल्लाको पाटनमा नेकपा एमाले जिल्ला कमिटी बैतडीले आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आजै दार्चुलामा चुनावी सभालाई सम्बोधन गरेर ओली बैतडी पुगेका हुन्।

 उनले भने , 'थोत्रो पुलले हुँदैन । अब पक्की पुल बनाउनुपर्छ, त्यो जिम्मा एमालेले लिनेछ, त्यो जिम्मा म लिन्छु । ओलीले महाकाली करिडोरको निर्माण समयमै सम्पन्न गरिने समेत ओलीले बताएका छन् ।'उनले बैतडीबाट नेकपा एमालेको जित सुनिश्चित रहेको समते दाबी गरे। केन्द्रदेखि प्रदेशमा एमालेको सरकार बन्ने ओलीले जिकिर गरे।

२०७९ कात्तिक १८ १६:४२ बजे

प्रतिक्रिया