प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम माथि आर्मीको पहिलो फराकिलो जित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १६:३३ बजे
प्रधानमन्त्री कप क्रिकेट

काठमाडौं । जारी  प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले पहिलो जित दर्ता गरेको छ ।समूह एको आर्मीले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमलाई १६९ रनको फराकिलो अन्तरले हराएको हो ।

आर्मीले दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको सुदुर २९.४ ओभरमा ११३ रनमा आउट  भएको हो । सुदूरका लागि बसन्त खत्रीले सर्वाधिक २५ रन बनाए । उनले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ओपनर ब्याटर गजेन्द्र बोहोराले सर्वाधिक १७ रन बनाए । टेक रावलले १५ रन बनाए । २३ बलमा उनले १ चौका प्रहार गरे । मिलन बोहोरा १२ रन बनाए । नारायण जोशी १९ रन बनाए । ४२ बलमा १ चौका प्रहार गरे आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिएका हुन् ।  विक्रम सोब र साहब आलमले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । आर्मीका ओपनर ब्याटर अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय  खेलेका थिए । उनले ७३ बल खेल्दै ६ चौका र २ चौका पहार गरे ।

यस्तै चौथो क्रमका ब्याटर रोहित पौडेलले ५३ बल खेल्दै ५२ रन बनाए । उनले ४ चौका प्रहार गरे । अर्का ब्याटर कुशल मल्लले ४३ रन बनाए भीम सार्कीले ३४ रन बनाए । कप्तान विनोद भण्डारीले ३८ बलमा २८ रन बनाए । सुदूरका लागि हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले समान २ विकेट लिए ।

२०७९ कात्तिक १८ १६:३३ बजे

प्रतिक्रिया