राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने आइसल्याण्ड भ्रमणमा जाने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १६:२३ बजे
राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाने भएकी छन्।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा  जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।मणको तयारीबारे शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जाने

कार्यतालिका  रहेको सचिव पौड्यालले बताएका छन् । राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने छिन्। भण्डारी कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्किने कार्यतालिका  रहेको छ ।  

२०७९ कात्तिक १८ १६:२३ बजे

प्रतिक्रिया