बसको ठक्करबाट २६ वर्षीया गुन्जना श्रेष्ठ मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १५:४८ बजे
मृत्यु

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ मा शुक्रबार बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ । 

जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठको दुर्घटनामा परी ज्यान गएको हो ।  बागमती प्रदेश-०६-००१ ख ०१२२ नम्बरको बसले पैदल हिँडिरहेकी श्रेष्ठलाई शुक्रबार बिहान ८ बजे ठक्कर दिएको हो। 

इलाका प्रहरी कार्यालय जितपुरले अनुसार गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। बस चालक नियन्त्रणमा  लिइएको छ । 

२०७९ कात्तिक १८ १५:४८ बजे

प्रतिक्रिया