गुजरात: विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

गुजरात: विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १४:२० बजे
मृत्यु

एजेन्सी । भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ ।अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।

उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।भारतको गुजराजसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् । गुजरात मदिरा निषेधित क्षेत्र समेत हो।

२०७९ साउन १० १४:२० बजे

प्रतिक्रिया