दार्चुलाबाट ओलीको उद्घोष : हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १५:२५ बजे
ओलीको उद्घोष

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने उद्घोष गरेका छन्। दार्चुलाबाट आजदेखि सुरु भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकको एक इन्च जमिन पनि अरुलाई नछाड्ने बताए। 

उनले दार्चुलाको समस्या आफूले बुझेको पनि बताए। तिरतिरे खोलालाई महाकाली नदी भनेर भारतले ६० वर्षदेखि नेपालीलाई झुक्याइरहेको बताउँदै अब त्यस्तो नहुने बताए। 

पूर्वपश्चिम राजमार्गदेखि महाकाली करिडोसम्म सबै योजना एमालेको पालामा सुरु भएको बताउँदै ओलीले दार्चुलामा पनि सीमासम्म बाटो पुर्‍याउने एमालेको अठोट रहेको बताए।  

भारतले नेपालको भूमिबाट बाटो लैजान हुने तर नेपालले आफ्नै सीमाबाट बाटो लैजाँदा चित्त किन दुखेको होला भन्दै प्रश्न गरे। चुनावपछि दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

नेकपा एमालेको सुरुवाती भेला उत्साहजनक भएको बताउँदै ओलीले ५ दलीय गठबन्धनलाई आफ्नो चुनावी भेलामा दार्चुलाको आधा जनसंख्या पनि उपस्थित गराएर देखाउन चुनौती दिएका छन्। 

ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजना गरिएका चुनावी सभाहरूलाई समेत सम्बोधन गर्ने कार्यतालिका छ ।

२०७९ कात्तिक १८ १५:२५ बजे

प्रतिक्रिया