सालको गोलियाहित २ जना पक्राउ

पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १५:०५ बजे
पक्राउ

काठमाडौं । सालको गोलिया काठसहित दुई जनालाई पक्राउ  गरीएको छ । प्रहरीले पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो । बिहीबार साँझ ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले  काठ सहित उनिहरुलाई पक्राउ गरेको हो । चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाईकलको बीचमा काठ राखेको थियो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनसार ३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलिया काठ चोरी तस्करी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।  

उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्रबार मनवा सव–डिभिजन वन कार्यालय सखुवनियामा बुझाईएको प्रहरीले बताएको छ । 

२०७९ कात्तिक १८ १५:०५ बजे

प्रतिक्रिया