आईसीसी टी -२० विश्वकप : न्युजिल्याण्डले आयरल्याण्डलाई ३५ रनले हरायो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १४:४५ बजे
आईसीसी टी -२० विश्वकप

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी -२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले हराएको छ ।

जितसँगै सुपर १२ को समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ ।  न्युजिल्यण्डको रनरेट राम्रो रहेकोले बाँकी दुई खेलमा कुनै अप्रत्यासित नतिजा नआए समूह विजेता नै बन्न सक्छ ।गणितीय समीकरणलाई छाड्ने हो भने न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ‘ए’मा इंग्ल्याण्ड र अष्ट्रेलियाको पनि समान ५ अंक छ । अष्ट्रेलियाले आजै अफगानिस्तानसँग खेल्नेछ भने इंग्ल्याण्डले शनिबार श्रीलंकासँग खेल्नेछ । अष्ट्रेलियाको रनरेट धेरै पछि छ ।

न्युजिल्याण्डलाई सेमिफाइनलमा पुग्नबाट रोक्न समूहको अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई कम्पितमा १८५ रन र इंग्ल्याण्डले श्रीलंकालाई कम्तिमा १२८ रनले हराउनुपर्ने हुन्छ ।

२०७९ कात्तिक १८ १४:४५ बजे

प्रतिक्रिया