धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या गर्ने युवक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १३:५१ बजे
पक्राउ पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारमा एक वृद्धाको हत्या गरेको  आरोपमा एक युवकलाई  पक्राउ गरिएको छ ।  सिन्धुपाल्चोकको चौतारा ७ घर भई हाल कागेश्वरी मनोहरा ८ मा बसोबास गर्दै आएका ३५ वर्षीय विजय तामाङ भन्ने जयबहादुर तामाङ  हत्या अभियोगमा पक्राउ गरिएको हो । 

उनले गएराति सिन्धुपाल्चोक चौतारा ७ घर भई गोठाटारमा बस्दै आएकी ७० वर्षीया फूलमाया तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । प्रहरीले घटनास्थलबाटै तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले एक थान खुकुरी र एक थान चक्कुसहित उनलाई पक्राउ गरेको हो । 

 प्रहरीका अनुसार उक्त महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध ‘कर्तव्य ज्यान मुद्दा’ दर्ता गरी थप अनुसन्धान थालिएको छ । 

२०७९ कात्तिक १८ १३:५१ बजे

प्रतिक्रिया